बिरामी बोकेर अस्पताल पुर्‍याउने प्रहरी जवान पुरस्कृत

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम अन्तर्गत सर्केना प्रहरी चौकी खोलागाउँमा कार्यरत प्रहरी जवानद्वय स्वयम प्रकाश हमाल र दलबहादुर बुढालाई कर्णाली प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेको छ । प्रहरी जवानद्वय स्वयम प्रकाश हमाल र दलबहादुर बुढाले एक बृद्ध बिरामी बोकेर अस्पताल लैजादै गरेको तस्बिर सामाजिक संजालमा  सार्वजनिक भएपछि उनीहरुको प्रशंसा भएको थियो  ।

मंगलबार जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर ११ का १ सय २ बर्षिय बृद्ध जसबिर ओलीलाई आलोपालो गर्दै पिठ्युमा बोकेर प्रहरी जवानद्वय हमाल र बुढाले अस्पताल पुर्याएका थिए  ।

प्रहरी जवानद्वयलाई  प्रदेश प्रहरी कार्यालयबाट जनहि एक हजार पाँच सय रकमबाट पुरस्कृत गरिएको हो ।