दाङ – दाङ देउखुरीको महदेवा-सिसहनिया जोड्ने पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

रा १ प ६३४५ नम्बरको मोटरसाइकल गएराति पल्टिंदा गढवा गाउँपालिका-२ घुस्रा निवासी २१ वर्षीय समिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गोबरडिहाबाट सिसहनियातर्फ गइरहेको बेला मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेलो कर्णाली । १६ कार्तिक २०७८, मंगलवार ११:०१