होटल साम्बालाले सुरु गर्‍यो जुम रुम

बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै र बजारमा भर्चुअल व्यवस्थाको मागलाई सम्बोधन गर्नको लागि काठमाडौको चक्रपथ स्थित होटल साम्बालाले जुम रुमको व्यवस्था गरेको छ । विभिन्न कन्फ्रेस लगायत मिटिङहरू स्वास्थ्यको मापदण्ड पालना गर्दै सम्पन्न गर्नको लागि हाइब्रिड सेट अप व्यवस्था गरिएको जुम रुम सञ्चालनमा ल्याएको हो, जसमा भर्चुअल र भौतिक दुबै रुपमा कार्यक्रम सम्पन्न गर्न सकिने होटल शाम्बालाका महा-प्रवन्धक रबिन मानन्धरले बताए।

यस मिटिङ रुममा भौतिक रुपमा उपस्थित पनि हुन सकिन्छ भने आफ्नो डेस्कटप, मोबाइल अथवा अन्य कुनै डिभाइसबाट जुममार्फत मिटिङ रुममा सहभागी पनि हुन सकिन्छ । भौतिक रुपमा सम्पन्न हुने कार्यक्रममा पनि सामाजिक दुरी कायम राख्दै स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्दै सो रुम तयार गरिएको छ ।

यस मिटिङ रुममा एडभान्स प्रविधि प्रयोग गरिएको छ जहाँ हाई क्वालिटी स्पिकर फोन, अल इन वान क्यामेरा र अप्सनल एक्सपान्सन माइक्रोफोन लगायतका उपकरणहरू प्रयोग गरिएको छ । काठमाडौ उपत्यका भित्रै रिफ्रेसमेन्टका लागि होटल साम्बाला उपयुक्त ठाउँ हो। होटलको रुफटप स्वमिङ पुल र पुलसाईड क्याफेले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउँछ। होटलबाट काठमाडौं उपत्यकाको विभिन्न भाग र वरपरका पहाडहरू देख्न पाइन्छ। सुर्यास्तको दृश्य यहाँको अर्को आकर्षण हो।

होटलले परम्परागत नेपाली शैलीमा अतिथिको सत्कार गर्दै आधुनिक सुविधाहरु प्रदान गर्दै आइरहेको छ। साम्बाला पुग्ने हरेक मानिसले तिब्बती सम्पदा र कला संस्कृतिलाई बुझ्न र अवलोकन गर्न पाउनेछन् । डिलक्स, एक्जुकेटिभ र स्विट रुम, रेष्टुरेन्ट, स्विमिङ पुल र स्पा सबै साम्बालामा छन् जसले गर्दा अतिथिहरूले सबै सुविधाहरु एउटै छानामुनी पाउन सक्छन् ।