चौरजहारीमा नेपाली काङ्ग्रेसद्वारा प्रमुख र उप प्रमुखमा उम्मेद्बारी दर्ता

स्थानीय तहको निर्वाचन अन्तर्गत रुकुम पश्चिमको चौरजहारी नगरपालिका नेपाली काङ्ग्रेसले उम्मेद्बारी दर्ता गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा नेपाली काङ्ग्रेसका तर्फ बाट नगर प्रमुखमा प्रेम बहादुर वली र उप प्रमुखमा दीपा डाङ्गी खड्काले उम्मेद्धारी दर्ता गराउनु भएको हो ।

लामो समय देखि समाजसेवामा आबद्द हुनुका साथै चौरजहारीमा लोकप्रिय छवि बनाउनु भएका नगर प्रमुख पदका उमेदवार प्रेम बहादुर वलीको प्रस्तावकमा खडक डाङ्गी र समर्थकमा भद्र बहादुर बिष्ट रहनु भएको छ भने उपप्रमुखमा डाङ्गी लाई अनिता घर्तिमगर ले प्रस्ताव र रामु चन्दले समर्थन जनाउनु भएको छ ।

नेपाली काङ्ग्रेस चौरजहारीको कार्यालयबाट नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता र स्थानीय शुभचिन्तकको र्याली सहित निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेद्बारी दर्ता गरेको काङ्ग्रेसले जनभावना अनुरुप उमेदवार सिफारिस गरेको भन्दै कार्यकर्ता र स्थानीय सर्वसाधारण उत्साहित देखिन्थे ।

नगर प्रमुख र उपप्रमुखको उम्मेद्बारी दर्ता पछि क्रमै सङ्ग वडा अध्यक्ष र वडा सदस्य पदमा सौहार्दपूर्ण रुपमा उम्मेद्बारी दर्ता भै रहेको निर्वाचन अधिकृत द्रोणदत्त पौडेलले जानकारी दिनु भयो ।

सत्ता गठबन्धनका दल बीच तालमेलमा कुरा नमिल्दा रुकुम पश्चिमका सबै पालिकामा दलहरुले आ-आफ्नै उमेदवार खडा गरेका छन ।

यस अघि आज बिहान माओवादी केन्द्रका तर्फबाट नगर प्रमुख र उपप्रमुखमा क्रमशः पुष्प बादी र ईश्वरी शर्मा बिएम लगायत वडा अध्यक्ष र सदस्यहरुले उम्मेद्बारी दर्ता गराउनु भएको थियो ।