
नेपालगंज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिको आयोजना र नेपालगंज उद्योग वाणिज्य संघको समन्वयमा व्यावसायीहरु संग शनिबार नेपालगंजमा आयोजित अन्तरक्रिया कार्यक्रम तीन बुदे प्रतिबद्दता जारी गर्दै सम्पन्न भएको छ ।
आयोजित अन्तरक्रिया कार्यक्रममा बजार अनुगमनका क्रममा व्यावसायीहरुको तर्फबाट नियमनकारी निकाय लाई साथ समर्थन र ऐक्यबद्धता जनाउने, कानुन बमोजिम हुने अनुगमनका क्रममा व्यावसायीहरु संगसंगै हिड्ने साथै उपभोक्ता लाई नियमनकारी निकाय र व्यावसायी बाट संयुक्त रुपमा उपभोक्ता अधिकारको पूर्ण सुरक्षा र उपयोगको सुनिश्चितता दिलाउने प्रतिबद्दता व्यक्त भएका छन ।
चाडबाड नजिकिदै जादा बजारमा कृतिम अभाव, मूल्यबृद्दि लगायतका बिषयमा जनगुनासो बढेको र बजार अनुगमन गर्दा केहि व्यावसायीहरुका गलत क्रियाकलाप पनि भेटिई कारबाही सम्म गर्नु पर्ने अवस्था आएकोले अबका दिनमा त्यस्ता समस्याहरु आउन नदिन र अहिले बजारमा देखिरहेको अवस्थाका बारेमा छलफल जरुरी रहेकोले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव प्रविण राणाले बताउनु भयो ।
नेपालगंज उपमहानगरपालिका उप प्रमुख उमा थापाको संयोजकत्वमामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट, नेपाल औसधि व्यावसायी संघ बाकेका बसन्त कुमार शर्मा, उपभोक्ता हित संरक्षण मंच नेपालका केन्द्रीय सदस्य बसन्त गौतम लगायत विभिन्न व्यावसायी संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको कुरा नेपालगंज उपमहानगरपालिका का अधिकृत एवं उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव प्रविण राणाले जानकारी दिनुभयो ।

हेलो कर्णाली । १६ आश्विन २०७८, शनिबार २०:२७