कांग्रेस महासमिती बैठक तयारी गर्न ८ उपसमिति संयोजक ताकियाे

काठमाण्डाैं – नेपाली कांग्रेसको महासमिति बैठक तयारीका लागि सभापति शेरबहादुर देउवाले आठ वटा उपसमिति संयोजक तोकेका छन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार महािसमिति बैठक तयारी मूल समितिका संयोजकसमेत रहेका सभापति देउवाले ८ वटा उपसमिति संयोजक तोकेका हुन्।

फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा कांग्रेस महासमिति बैठक बस्दैछ। यो बैठकबाट कांग्रेसले पार्टीको आगामी नीति तय गर्नेछ।

प्रचारप्रसार उपसमिति संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वयमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापनमा उदयशमशेर राणा, यातायात व्यवस्थापनमा धना खतिवडालाई संयोजक तोकिएको हो।

यस्तै स्वयमसेवक परिचालनमा जितजंग बस्नेत, स्वास्थ्य समन्वयतर्फ उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापनतर्फ ललितपुर कांग्रेस सभापति जितेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिइएको हो।

गत असोज ८ गते बसेको केन्द्रीय समिति बैठकले महासमिति तयारीका लागि चार वटा समिति गठन गर्ने निर्णय गरेको थियो। सभापति देउवाको नेतृत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रस्ताव तयारी समिति गठन गरिएको थियो।

महामन्त्री गगन थापाको नेतृत्वमा संगठन र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा राजनीतिक प्रस्ताव समिति गठन भएको थियो