अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो ।

त्यस्तै  वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, उपाध्यक्षमा कल्पना वाइवा, निशा अधिकारी, यम पाण्डे, मोती विक र महासचिवमा समिक बडाल चयन भएका छन् ।