३ महिने सिलाई बुनाई तालिम सम्पन्न

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ३ महिने ढाका सिलाईबुनाई तालिम सम्पन्न भएको छ ।

चौरजहारी अपाङ्गता पुनःस्थापन केन्द्र को आयोजना चौरजहारी नगरपालिका को आर्थिक सहयोग र HDCS-आशा बाल बिकास सेवा – सिबिआरको समन्वयमा सन्चालन भएको ३ महिने ढाँका सिलाई बुनाई तालिमको आज एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको छ । तालिममा अपाङ्गता भएका ब्यक्ति परिवारबाट १० जना ब्यक्तिहरुले प्रमाणपत्र ग्रहन गरेका छ्न ।

उक्त तालिमबाट सहभागिहरुले मखलर, झोला,सारी, टोपी गलैंचा लगाएतका सामाग्री सिलाई तथा बुनाई सम्बन्धिको सिकाई गरेको बताएको छ ।चौरजहारी अपाङ्गता पुनःस्थापन केन्द्रका अध्यक्ष उमादेबी सुनारको अध्यक्षता रहेको कार्यक्रममा चौरजहारी नगरपालिकाका उप प्रमुख राधा रोकाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य सपना कार्की बिस्ट, ने.क.पा माओवादी केन्द्र वडा न २ का ईन्चार्ज नारायण खनाल, महिला तथा बालबालिका शाखा प्रमुख पबित्रा पोखरेल लगाएतका अतिथि रहेको कार्यक्रमको सन्चालन सस्थाका सचीव एबम सिबिआर प्रतिनिधि सन्देश जैसीले गर्नुभएको थियो ।

https://malikanews.com/?p=1525