कार्य सम्पादन समिति गठन गर्दै नेपाली कांग्रेस चौरजहारीको बैठक सम्पन्न

नेपाली काँग्रेस चाैरजहारी नगर कार्यसमितिकाे चाैथाे बैठक खोलागाउँमा सम्पन्न भएको छ । नेपाली कांग्रेस नगर कार्यसमिति सभापति प्रेम बहादुर ओलीको सभापतित्वमा स्वास्थ्य  मापदण्ड र स्वास्थ्य सतर्कता अपनाउदै पार्टीको नियमित बैठक संचालन भएको नेपाली कांग्रेस चौरजहारी नगर कार्यसमिति सचिव लक्ष्मण ओलीले जानकारी दिनु भयो । पार्टीको वर्तमान अबस्था र आगामी  याेजनाकाे बिषयमा व्यापक तथा घनिभूत  छलफल गर्दै २१ सदस्यीय कार्य सम्पादन समिति गठन गर्नुका साथै संगठन विस्तारका महत्वपूर्ण निर्णय भएको नगर कार्यसमिति सचिव ओलीले बताउनु भयो ।

नेपाली कांग्रेस चौरजहारीले पार्टीको विधान अनुसार  नगर कार्य समितिका उपसभापति गणेशमान डाङ्गिकाे संयोजकत्वमा पाँच सदस्यीय नगर स्तरीय प्रशिक्षण समिति गठन गरेको छ । प्रशिक्षण समितिकाे सदस्यमा  नगर कार्यसमिति सचिब द्वय लक्ष्मण ओली र कर्णसिह ओली, सह- सचिब गाेपाल लामिछाने र नगरकार्य समिति सदस्य  यदु कुमार आचार्य  रहनु भएको छ । यसैगरी नगरकाे भाैगोलिक अबस्थालाई दृष्टिगत  गर्दै  पार्टीको गतिबिधि तथा  वडा कार्यसमिति लाई सहजिकरण र समन्वय  गर्न दुई भागमा नेताहरुकाे कार्य बिभाजन गरिएको छ। वडा नं  १,२,३,४,५,७,८र ९मा नगर  पार्टी सभापति प्रेम बहादुर ओलीको संयोजकत्वमा लक्ष्मण ओली ,यदु कुमार आचार्य ,बलबिर गाेसाई, खडक डाङ्गि, जितेन्द्र बुढाथाेकि, मनमाेहन शाह, तुफैल  खान, बल ब बुढाथोकी , नरेश खडका तथा वडा नं ६,१०,११,१२,१३र १४ मा पार्टी उपसभापति गणेशमान डाङ्गिको  संयोजकत्वमा महासमिति सदस्य तिलक भण्डारी ,कर्णसिह ओली,  गाेपाल लामिछाने , क्षेत्रीय सभापति भद्र  बहादुर  बिष्ट महाधिवेशन प्रतिनिधि मनिषा भण्डारी ,केशब केसी , शिव आचार्य ,माेहन आचार्य र बिजय थापालाई जिम्मेवारी दिने निर्णय गरिएको नगर कार्य समिति सदस्य यदु कुमार आचार्यले जानकारी दिनु भयो ।

यसैगरी बैठकले नगरकार्य समिति सभापति प्रेम बहादुर ओलीको सभापतित्वमा २१ सदस्सीय कार्य सम्पादन समेत गठन गरेको छ। कार्य सम्पादन समितिको सदस्यमा नेपाली कांग्रेसको बिधान बमोजिम कार्यसमितिका पदाधिकारी, निर्बाचित सदस्य र मनाेनित सदस्यबाट छनौट गरिएको सचिव लक्ष्मण ओलीले बताउनु भयो ।

महासमिति सदस्य मनिषा भण्डारीको  प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नेपाली कांग्रेस प्रदेश सभा (ख) का क्षेत्रीय सभापति भद्र बहादुर  बिष्ट ,चौरजहारी नगरपालिका अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि  मनमाेहन शाह, प्रदेश प्रतिनिधि जितेन्द्र बुढाथोकी लगायत नेपाली कांग्रेस चौरजहारी नगरपालिका अन्तर्गत  १४ वडा सभापतिहरु पनि आमन्त्रितका रुपमा उपस्थित रहनु भएको  थियाे भने बैठकको संचालन सचिव लक्ष्मण ओलीले गर्नु भएको थियो ।

बैठकले  नेपाली काँग्रेस चौधौ  महाधिबेसमा चाैरजहारी नगर बाट प्रतिनिधित्व गर्ने महाधिबेशन प्रतिनिधि ,महासमिति सदस्य ,प्रदेश प्रतिनिधि लगायत जिल्ला र क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई  स्वागत तथा सम्मान गरेकाे गरको थियो ।