नेपालगन्ज एयरपोर्टमा फेरि दुर्घटना : स्याल सङ्ग ठोक्कियो बुद्दको जहाज

बुधबार सांझ ७ बजेर ५ मिनेटमा काठमाण्डौंं बाट नेपालगञ्जका लागि नियमित उडानबाट आएको बुद्ध एयरको एब्रो जहाज नेपालगञ्ज एयरपोर्टमा अवतरणको क्रममा स्यालसंग ठोक्किएको छ ।

नेपालगञ्ज एयरपोर्टका प्राबिधिकहरुको सूचनाको अधारमा बुद्धको 407 9NAJX कल साइन रहेको जहाज नेपालगञ्ज एयरपोर्टमा बुधवार साँझ ७ बजेर ५ मिनेटमा अवतरण पछी रन वे मा दौडिरहेको अवस्थामा जहाजको पांग्रासंग स्याल ठोक्किएर क्षतबिक्षत भएको छ । जहाजमा रहेका सबै यात्रु सकुशल रहनुभएको छ भने जहाजमा पनि कुनै ठुलो क्षती नभएको विमान स्थल स्रोतले जनाएको छ ।

२ हप्ता अघि मात्र नेपालगञ्ज बाट मुगु उडानको लागि रनवे मा दौरिरहेको सिता एयरको टुइनेटर जहाजमा ३ वटा बँदेल ठोकिएर ३ वटा बंदेल मारिनु का साथै जहाजमा करोडौ वरावरको क्षती भएको थियो