
साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ ।
बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको हो ।
महिलातर्फ ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल र उज्वेकिस्तानसहित आयोजक बंगलादेश, माल्दिभ्स, श्रीलंका र कीर्गिस्तानले प्रतिस्पर्धा गरेका थिए ।

हेलो कर्णाली । १३ पुष २०७८, मंगलवार १८:१७