
प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भेटवार्ता गर्न बालुवाटार पुगेका छन्।
स्रोतका अनुसार केही समयअघि बालुवाटार पुगेका ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडल र उपमहासचिव विष्णु रिमाल बालुवाटार पुगेका हुन्।
संसदमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच पहिलो पटक छलफल हुन लागेको हो।
सत्ता साझेदार रहेका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) ले एमसिसी पास गर्न सहमति नदिने भएपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग संवाद बढाएका छन्।

हेलो कर्णाली । १० फाल्गुन २०७८, मंगलवार २०:०८