अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने समूह पक्राउ

काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने समूहलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले धादिङ र काठमाडौं बाट ३ जनालाई पक्राउ गरेको हो ।

आरोपीहरुलाई  आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले बताए । भदौ २५ मा आँखा अस्पतालमा फेला परेको बम सेनाको टोलीले निस्क्रिय बनाएको थियो ।