देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज काठमाडौं उपत्यकामा थप १ हजार ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४०४, ललितपुरमा ३०४ र भक्तपुरमा १९५ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो सोहि अवधिमा ९ जनाको मृत्यु भएको छ भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ भने ८ लाख ७१ हजार १६५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभरमा ७४ हजार ६५३ सक्रिय संक्रमित छन् । यसमध्ये ७३ हजार १७८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २७९ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

हेलो कर्णाली । १८ माघ २०७८, मंगलवार १७:३८