निर्वाचन लक्षित विभिन्न निर्णय गर्दै काङ्ग्रेस रुकुमको बैठक सम्पन्न

नेपाली काङ्ग्रेस  रुकुम पश्चिमको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि विभिन्न निर्णय गर्दै बिहीबारदेखि सुरु भएको बैठक शुक्रबार सम्पन्न भएको हो ।

आगामी निर्वाचनमा काङ्ग्रेसलाई विजयी गराउन ७ नेतासहित सबै भातृ संस्थाका प्रमुखहरुलाई ६ वटै स्थानीय तहमा परिचालन गरिने बैठकले निर्णय गरेको छ । सबै पालिकाहरुमा कार्यकर्ता भेटघाट, प्रशिक्षण, पार्टी तथा भातृ संस्थाका समितिहरु पुर्नगठन गर्ने गरी नेताहरुलाई खटाइने पार्टीका जिल्ला सभापति प्रेम प्रकाश ओलीले बताउनु भयो ।

बैठकले फागुन २९ गतेदेखि मुसीकोटबाट ‘घरघर जाऔं, काङ्ग्रेसलाई जिताऔं’ अभियान सुरु गर्ने निर्णय समेत गरेको छ । पार्टी केन्द्रीय कार्यालयसँगको समन्वयमा भातृ संस्थाहरुको जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको सभापति ओलीले जनाउनु भयो   ।

काङ्ग्रेसको जिल्लास्तरीय कार्यसम्पादन समिति गठन

दैनिक कार्यसम्पादनलाई व्यवस्थित र सहज बनाउन सभापति प्रेमप्रकाश ओलीको संयोजकत्वमा २५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ ।

शुक्रबार सम्पन्न बैठकमा कार्य समितिका पदाधिकारी लगायत पार्टीका महासमिती सदस्य, महाधिवेशन प्रतिनिधी, प्रदेश प्रतिनिधी, क्षेत्रीय सभापती र पालिका सभापतीहरुको उपस्थिति रहेको नेपाली काङ्ग्रेस  रुकुम पश्चिमले बताएको छ ।