युवक हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ

धनगढी – कञ्चनपुरमा एक युवकको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् ।

१८ वर्षीय अनुश रानाको हत्या अभियोगमा बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह राना पक्राउ परेका हुन ।

गत कात्तिक २४ मा झुण्डिएको अवस्थामा अनुश राना मृत भेटिएका थिए ।

वडाध्यक्षसँगै स्थानीय सुकदेव राना, भंगी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज रानालाई पनि पक्राउ गरिएको छ ।

वडाध्यक्षसहितका ६ जनाको समूहले छोराको हत्या गरेर आत्महत्या देखाउन रुखमा झुण्ड्याइएको भन्दै मृतकका बुवाले दिएकाे किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको इप्रका बेलडाँडीले जनाएको छ ।

घटना भएको दिन पक्राउ परेका ६ जना मृतक रानासँगै रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएकाे छ ।