सुर्खेत – प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितीको दोस्रो अधिवेशनबाट प्रतिक ईच्छुक शर्मा अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् ।

अधिवेशनले अध्यक्ष शर्माको नेतृत्वमा कुमार सिर्पाइली बरिष्ठ उपाध्यक्ष, पुर्ण प्रसाद चौलागाइ खुल्ला उपाध्यक्ष, धर्मराज जिसी प्रमुख सचिव र तिलक राज वली खुल्ला सचिव सहित ४१ सदस्यीय कमीटी सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
त्यस्तै थप सचिवहरुमा बिबसकुमार सेजवाल(सुर्खेत), युद्धजित शर्मा(जाजरकोट), अर्जुन प्रसाद भट्टराइ(कालिकोट) र उपेन्द्र न्यौपाने(जुम्ला) छन भने महिला सचिवमा देवका लामिछाने(जाजरकोट), दलित सचिवमा तिलसरा बिक(हुम्ला) र कोषाध्यक्षमा गोपाल रेग्मी (रुकुम पश्चिम) निर्वाचित भएका छन् ।

हेलो कर्णाली । १५ मंसिर २०७८, बुधबार १४:३२