प्रेस युनियन सुदूरपश्चिममा सर्वसम्मत कार्यसमिति चयन

धनगढी- नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत चयन भएका छन्। बुधबारदेखि सुरू भएको प्रदेशको प्रथम अधिवेशनले स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

युनियनको उपाध्यक्ष (खुल्ला) मा टेकेन्द्र देउवा, महिलामा गीता कुँवर र समावेशीमा जगत खड्का सर्वसम्मत चयन भएका छन्। प्रदेश समितिको महासचिवमा हरिश भट्ट, सचिव खुल्लामा राजेन्द्रबहादुर रोकाया, महिलामा बन्दना बम र समावेशीमा भिमबहादुर चौधरी चयन भएका छन् भने कोषाध्यक्षमा विरबहादुर गडाल चयन भएका छन्।

यस्तै खुल्ला सदस्यमा टेकबहादुर कुँवर, दीपक भण्डारी, हर्कबहादुर विष्ट, केशव दत्त भट्ट, चन्द्रबहादुर खनाल, महिलामा कुमारी लक्ष्मी बम, सरस्वती भाट, करूणा जोशी, डालीकसमारी पाण्डेय, दलितमा लक्ष्मण विक, आदिवासी-जनजातीमा विनिता चौधरी, प्रेमकुमार चौधरी, मधेशमा रामदास राना, सागर कुश्मी, यौनिक तथा अल्पसंख्यकमा धनबहादुर बोहरा र पदम भाट गाउँले चयन भएका छन्।

यस्तै कृतबहादुर विष्टको संयोजकत्वमा लेखा समितिमा दुई सदस्य चयन भएका छन्। लेखा समिति सदस्यमा नवराज पनेरू र गगन अयडी रहेका छन्।