रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पछिल्ला केहि दिन यता कोरोना संक्रमणको प्रकोप बढ्न थालेको छ। असोज देखि केहि मत्थर हुदै गएको संक्रमण दर फेरी तीब्र रुपमा बढ्न थालेको हो । आज मात्रै २५ जनामा गरिएको एन्टीजेन परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
असोज देखी केहि मत्थर भएको कोरोना संक्रमण फेरी पनि बढेको हुन सक्ने आशंका सहित पुष २३ गते देखि सुरु गरिएको एन्टीजेन परिक्षणमा आज सम्म चौरजहारी नगरपालिका वडा न १,२,३,६ र १० का २२ जनामा संक्रमण पुष्टि भएको छ भने आज गरिएको परिक्षणमा सबै भन्दा धेरै १० जनामा संक्रमन भेटिएको चौरजहारी नगरपालिकाका स्वास्थ्य संयोजक डण्ड प्रसाद शर्माले जानकारी दिनु भयो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आईसोलेशन बसिरहेको स्वास्थ्य संयोजक शर्माले बताउनु भयो। संयोजक शर्माले भन्नु भयो “संक्रमितहरुको अवस्था सामान्य छ, नगरपालिकाका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरिरहनु भएको छ र केहि अप्ठ्यारो अवस्था आए थप उपचारका लागि हामीहरु तयारी हालतमै छौ ।”
विभिन्न चरणमा खोप अभियान संचालन गरिरहेको चौरजहारी नगरपालिकामा आज सम्म ५०% भन्दा धेरैले दुवै डोज र ६०% भन्दा धेरैले पहिलो डोज कोरोना विरुद्दको खोप लगाईसकेका छन। अहिले पनि खोप अभियान निरन्तर चलिरहेको र नगरपालिका क्षेत्र भित्रका १२-१७ बर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउन सुरु गरिएको चौरजहारी नगरपालिकाका स्वास्थ्य संयोजक डण्ड प्रसाद शर्माले जानकारी दिनु भयो ।
आज सम्म ७२ जनामा गरिएको परिक्षणको नतिजा र संक्रमण दर हेर्दा संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान लगाउन सकिन्छ। नगरपालिकाले यस तर्फ बेलैमा ध्यान दिई चौरजहारी प्रवेश गर्ने नाकाहरुमा कडाईका साथै हेल्थ डेस्क स्थापना गर्नु पर्ने र परिक्षणको दायरा बढाउनु पर्ने जरुरी रहेको छ त्यसै गरि स्थानीयले पनि मास्कको नियमित प्रयोग गर्नु पर्ने, सकभर भिडभाड हुने ठाउँमा नजाने र व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्ने अवस्था रहेको लामो समय देखि चौरजहारी र आसपासमा स्वास्थ्य सेवा दिई रहनु भएका स्वास्थ्यकर्मी यदु कुमार आचार्यले बताउनु भयो ।
हेलो कर्णाली । ३० पुष २०७८, शुक्रबार २०:४१