सुरेन्द्र नेपालीको अध्यक्षतामा एमालेको वडा कमिटी पुनर्गठन

नेकपा एमाले ले चौरजहारी वडा नं १ को अध्यक्षमा सुरेन्द्र बहादुर नेपालीलाई चयन गर्दै २९ सदस्यीय वडा कमिटी पुनर्गगठन गरेको छ । गत फाल्गुन १ गते तत्कालीन वडा अध्यक्ष अर्जुन लामिछाने माओवादी केन्द्र प्रवेश गरेकोले नेतृत्व विहिन बनेको एमालेले वडा अध्यक्षमा नेपालीलाई चयन गर्दै २९ सदस्यीय वडा कमिटीलाई निरन्तरता दिएको छ ।

पुनर्गठित वडा कमिटीको उपाध्यक्षमा महेन्द्र नेपाली,सचिवमा  महेश प्रसाद लामिछाने, उप-सचिवमा  मैमा बिष्ट र जनक प्रसाद लामिछाने चयन हुनु भएको ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटि सदस्य कर्ण बहादुर घर्तिको प्रमुख आतिथ्यता र टंक ओलीको विशेष आतिथ्यतामा  भएको कार्यक्रममा  नेकपा एमाले रुकुम पश्चिमका जिल्ला कमिटि सदस्य सुरेन्द्र नेपाली, नगर कमिटि अध्यक्ष अतिराम ओली लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमा बोल्ने वक्ताहरुले  कसैले  पार्टी छोडेर जादैमा विचलित नहुन र झन एकताबद्द भएर अघि बढ्नु पर्ने बताउनु भयो ।

एमाले ले कार्यक्रममा जगत प्रसाद जैसि,गोरु जैसी, देबे कामी, अत्रि प्रसाद जैसी, खिम लाल जैसी, मैसर कामी लगायतका जेष्ठ कम्युनिष्ट  सदस्यहरुलाई  सम्मान गरेको थियो ।