नेपाल दलित संघ बाँफिकाेट अध्यक्षमा दत्त विक सर्वसम्मत चयन

नेपाल दलित संघ बाँफिकाेट गाउँपालिकाकाे अध्यक्षमा दत्त बहादुर विक चयन हुनुभएको छ । विककाे अध्यक्षता  ७१ सदस्यीय  कार्यसमिति समिति गठन गरिएको हो। जसकाे उपाध्यक्षमा दिलिप परियार र तिल कुमारी परियार सचिव हेमराज नेपाली सहसचिव रामशरण विक काेषाध्यक्ष सुनिल विक रहनुभएकाे छ ।

नेपाल दलित संघकाे बाँफिकाेट गाउंपालिका अधिवेशनका कार्यक्रम प्रमुख अथिति रहनुभएका नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभापति हर्क सिं खत्रीले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिदै अब हुने स्थानीय चुनाव नेपाली कांग्रेसलाई जिताउनकाे लागि याे कार्य समिति महत्त्वपूर्ण भुमिका रहेन अाफ्नाे कांधकाे जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएकाे हाे । अबकाे स्थानीय चुनाव कांग्रेसले जितेमा अहिलेकाे स्थानीय सरकारले जनतालाई दिदै आएकाे सास्ती अन्त्य गर्ने बताउनुभयो । उहाँले भन्नुभयाे अहिलेकाे स्थानीय सरकारले  जेष्ठ नागरिक भत्ता बालबालिकाकाे पाेषण भत्ता बैंकमा खाता खाेल्न लगायर जेष्ठ नागरिकलाई दुख दिएकाे भन्दै आफ्नाे पार्टीको सरकार  भएमा घरघरमा आएर वितरण गर्ने बताउनुभयो । यस्तै गाउंपालिकाले करारमा रहेका शिक्षकहरुकाे श्रमशाेषण गरिरहेकाे भन्दै कांग्रेसकाे स्थानीय सरकार बनेमा पाउनु पर्ने दरबन्दी अनुसारकाे तलब भत्ताकाे व्यवस्थापन गर्ने दिने भनाई राख्नु भएकाे थियाे । कार्यक्रमका विषेश अतिथि नेपाली कांग्रेस महासमिति सदस्य तिलक भण्डारीले आगामी बैशाख हुने स्थानीय चुनावमा देशभरी कांग्रेस कसैसँग गठबन्धन नगर्ने बताउनुभयो । कांग्रेस कसैसँग गठबन्धन गर्ला भने भ्रममा नपर्न कार्यकतालाई बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका सचिब तारक बहादुर शाही बाँफिकाेट गाउँपालिका सभापति  जनक कुमार बाँठा लगायका नेताहरुकाे सहभागी रहेकाे कार्यक्रम सञ्चालन बाँफिकाेट गाउँपालिका सचिब देब बहादुर कुसारीले गर्नुभएको थियाे भने बाँफिकाेट ६ नम्बर वडा सभापति तिर्थे खत्रीकाे रहेकाे थियाे ।