सल्यान- शारदा नगरपालिकाले श्रीनगरको बसपार्क क्षेत्रमा ऐलानी जग्गामा बनाइएका घरटहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ। बसपार्क व्यवस्थित बनाउन भन्दै नगरपालिकाले ऐलानी जग्गामा भएका घरटहरा हटाउन अल्टिमेटम दिएको हो।
श्रीनगर बजार नजिक रहेको सरकारी पर्ती ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्कको वरपरका घरटहरा हटाउन आग्रह गरेको नगरपालिकाले जनाएको छ। मंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा भएका घरटहरा हटाएर बसपार्क विस्तार गर्ने निर्णय गरेको हो।
शारदा नगरपालिका १ अन्तर्गतको अस्थायी बसपार्क क्षेत्र वरपर ऐलानी जग्गामा व्यापारिक प्रयोजनका लागि ७५ बढी घरटहरा बनाइएका छन्। नगरपालिकाले तोकिएको मितिभित्र घर टहरा नहटाए नियमानुसार कारबाही अघि बढाउने चेतावनीसमेत दिएको छ।
हेलो कर्णाली । २७ मंसिर २०७९, मंगलवार १०:२४