इन्जिनियर दिपेश विष्ट प्रधानमन्त्रीको आइटी विज्ञमा नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना, प्रविधि विज्ञमा दिपेश विष्टलाई नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज ईञ्जिनियर विष्टलाई प्रधानमन्त्रीको ‘आइटी विज्ञ’ नियुक्त गर्नु भएको हो । विष्टलाई प्रधानमन्त्रीले आइटी विज्ञ नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ।

विष्टलाई सहसचिव सरहको सेवा सुविधा दिने गरी विज्ञमा नियुक्त गरिएको हो।

विष्ट यसअघि नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागअन्तर्गत एनसी विन (नेपाली कांग्रेस वाइड इनफरमेसन नेटवर्क) का संयोजक रहनु भएको थियो ।