कात्तिक ६ गते स्थानीय तहको सम्मेलन गर्ने तयारीमा रहेको माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका ६ वटै पालिकाहरुमा ईञ्चार्ज तोकेको छ । पार्टिको केन्द्रीय निर्णय अनुसार सबै टोल वडा र पालिकाको सम्मेलन गर्ने तयारी गरेको माओवादी केन्द्र रुकुम पश्चिमले जानएको छ ।
माओवादी केन्द्रले मुसीकोट नगरपालिकामा बुद्धिप्रसाद शर्मा, आठबीसकोट नगरपालिकामा गोर्खबहादुर केसी, चौरजहारी नगरपालिकामा पुष्प बादी, बाँफिकोट गाउँपालिकामा महेन्द्र केसी, सानीभेरी गाउँपालिकामा केदार बिष्ट र त्रिबेणि गाउँपालिकामा गणेश केसीलाई ईञ्चार्ज तोकिएको छ ।
पार्टीको जिल्ला समन्वय समिति बैठकले कात्तिक ६ गते एकैदिन ६ वटै स्थानीयतहको सम्मेलन गर्ने, भदौ मसान्तसम्म सबै पार्टी सदस्यता नविकरण गरी सक्ने, असोज १० गते टोल र २० गते वडाको सम्मेलन गर्ने निर्णय गरेको छ ।
हेलो कर्णाली । २८ भाद्र २०७८, सोमबार ०७:२८