अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ ।

विभिन्न संस्थाको अगुवाइमा एक समूहले एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबरदारी गर्दै माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको थियो । उनीहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैनलगायत एमसीसीको विरोधमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

हेलो कर्णाली । २६ भाद्र २०७८, शनिबार १४:३२