नेकपा एमाले चौरजहारीको मंगलबार सम्पन्न प्रथम नगर अधिवेशनबाट अतिराम ओलीको नेतृत्वमा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ ।
चौरजहारीमा सम्पन्न प्रथम नगर अधिवेशनले नगर कमिटी उपाध्यक्षमा सरीता सुनारलाई चयन गरेको छ भने सचिवमा अमृत सुनार र सह-सचिवमा ओम प्रकाश आचार्य र भिम प्रसाद लामिछाने सहित ७५ सदस्यीय कमिटी गठन भएको नेकपा एमालेका जिल्ला सदस्य सुरेन्द्र नेपालीले जानकारी दिनु भयो ।
नेकपा एमाले कर्णाली प्रदेश सदस्य कर्ण बहादुर घर्तीको प्रमुख आतिथ्यतामा र ऋषि प्रसाद शर्माको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमालेका स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । निर्वाचित कमिटीलाई सपथ ग्रहन गराउदै प्रमुख अतिथी घर्तीले आजको अवस्थामा पार्टीलाई एकताबद्ध भएर अगाडि बढाउनु पर्ने बताउनु भयो । प्रमुख अतिथी घर्तीले भन्नू भयो “एमाले छोडेर एकीकृत समाजवादी लगायत अन्य दल तिर लागेका साथीहरु पनि ढिलो चाडो मूल घरमै फर्किनु हुन्छ, हामीले कसैलाई पनि पक्षपात नगरी मिलेरअगाडि बढ्नु पर्छ।”

हेलो कर्णाली । ९ कार्तिक २०७८, मंगलवार १९:४८