सुर्खेत – कालीकोटमा आगोमा जलेर घाइते बाबु छोरीको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
खाँडाचक्र-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते सोही ठाउँका ५० वर्षीय नन्दराम चौलागाईंकाे बुधबार बेलुका उपचारको क्रममा मृत्यु भएको हो ।
यसअघि सोमबार दिउँसो साही आगलागीमा घाइते चौलागाईंकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको थियाे ।
यही चैत २ गते बाख्रा चराउन गएको बेला गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए ।
हेलो कर्णाली । ८ चैत्र २०८०, बिहीबार १०:२४