सल्यानको कुमाखमा काङ्ग्रेस र एमाले बीच चुनावी तालमेलको सहमती

सहकार्यमा मतभेद हुदा कुमाख गाँउपालिकामा सत्ता गठबन्धन बीच चुनावी तालमेल नहुने भएको छ ।
सत्ता गठबन्धन बीच सहमति नभए पछि भने नेपाली काँग्रेस र एमाले बिच चुनावी तालमेल हुने भएको छ।

नेपाली काँग्रेस बाट कुमाख गाँउपालिकाको अध्यक्षका उम्मेदवार मान बहादुर बुढाथोकी लाई एमालेले सहयोग गर्नेछ भने एमालेका उपाध्यक्षका उम्मेदवार लाल बहादुर रावतलाई नेपाली कांग्रेसले सहयोग गर्नेछ। ७ वटा वडा रहेको कुमाख गाँउपालिकामा काँग्रेसले २,३,४ र ६ वडा सहित गाँउपालिका अध्यक्ष र एमालेले १,५,७ वडा सहित उपाध्यक्ष लिने सहमती भएको नेपाली काँग्रेस कुमाख गाँउपालिका पार्टी सभापती ईश्वरी शाहिले बताउनु भयो ।

यी हुन उमेदवार
अध्यक्ष – मान बहादुर बुढाथोकी – नेपाली काँग्रेस
उपाध्यक्ष – लाल बहादुर रावत- एमाले

वडा न १ अध्यक्ष-प्रेम बहादुर बुढाथोकी -एमाले
वडा न २ अध्यक्ष- ईश्वरी शाही -नेपाली काँग्रेस
वडा न ३ अध्यक्ष -केवल राना- नेपाली कांग्रेस
वडा न ४ अध्यक्ष -शोभिलाल बस्नेत-नेपाली कांग्रेस
वडा न ५ अध्यक्ष -तिलक कार्की -एमाले
वडा न ६ अध्यक्ष -मेघराज सुनार -नेपाली काँग्रेस
वडा न ७ अध्यक्ष-कवि चन्द -एमाले