कांग्रेसकाे ‘समुदायमा कांग्रेस’ अभियान स्थगित

काठमाडौं – नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान  स्थगित भएको छ । यससगैं महामन्त्री गगन कुमार थापाको संवाद यात्रा पनि स्थगित भएको छ ।

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हाे ।

समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको थियो । त्यसका लागि माघ १३ गतेदेखि नै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि र सातै प्रदेशमा शीर्ष नेताहरु खटाइएको थियो ।

फागुन ७, ८ र ९ गते हुने महासमितिको बैठकलगत्तै समुदायमा कांग्रेस अभियान र संवाद यात्रा सुरु गर्ने थापाले बताए ।

पुर्व मन्त्री बुढाथोकीको निधन भएपछि कांग्रेसले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।