काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेताहरूले गृह मन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि माओवादीले लिनुपर्ने धारणा राखेका हुन् ।
पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव हितमान शाक्य र चक्रपाणि खनालले गृह मन्त्री माओवादी केन्द्रले लिनुपर्ने धारणा राखेका छन् ।
सत्ता साझेदार दललाई गठबन्धनमा जोगाउने नाममा गैर सांसदलाई मन्त्री नबनाउन प्रधानमन्त्री प्रचण्डलाई नेताहरूले दबाब दिएका छन् । सत्ता जोगाउने नाममा अनुचित काम नगर्न नेताहरूले प्रचण्डलाई सुझाव दिएका छन् ।
यदि गृह माओवादी भागमा आएमा शक्ति बस्नेत जाने दाउमा छन् । प्रचण्ड नेतृत्वको सरकारमा बस्नेत मन्त्री हुन खोजेपनि सत्ता साझेदार दलमा भागवण्डा मिलाउनुपर्ने भएकाले उनी रोकिएका हुन् ।
हेलो कर्णाली । १६ माघ २०७९, सोमबार १६:५६