संस्थापन इतरको समूहबाट तिलक भण्डारी प्रदेश उपसभापतिका उमेदवार

नेपाली काङ्ग्रेस कर्णाली प्रदेशको उप-सभापतिमा संस्थापन इतरको समुहबाट तिलक भण्डारीले उमेदवारी दिनु हुने भएको छ । संस्थापन इतर समूहको आज दिनभरी भएको छलफलबाट उप-सभापतिमा तिलक भण्डारीको उमेदवारीको टुङ्गो लागेको हो ।

जनआन्दोलन ०६२/६३

लामो समय देखि नेपाली काङ्ग्रेस रुकुम पश्चिमको राजनितिमा सक्रिय भण्डारी यस पटक रुकुम पश्चिमबाट महाधिवेशन प्रतिनिधि र महासमिती सदस्य सर्वसम्मत चयन हुनु भएको थियो । भण्डारी,नेपाली काङ्ग्रेस केन्द्रिय जनसम्पर्क समन्वय विभागका सदस्य समेत रहनु भएको छ ।

यस अघि संस्थापन ईतरको समुहबाट कर्णाली प्रदेश सभापतिमा भने भूपेन्द्र जङ्ग शाहीको उम्मेद्बारी टुङ्गो लागि सकेको थियो । संस्थापन पक्षबाट प्रदेश सभापतिमा ललित जङ्ग शाहीको उम्मेद्बारी हुने लगभग पक्का पक्की जस्तै भएको छ ।अन्य पदहरुमा भने भोलि बिहान भरीमा दुबै तर्फबाट उमेदवार टुङ्गो लागि सक्ने बताईएको छ ।

संस्थापन पक्षबाट रुकुम पश्चिमकै कृष्ण बहादुर रोकायको उमेदवारीको चर्चा चलिरहदा भण्डारी र रोकाय बिचको प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ ।

जनआन्दोलनमा घाईते

उमेदवारी टुङ्गो लागे पछि उत्साहित हुनु भएका भण्डारीले सबल काङ्ग्रेस निर्माणका पक्षमा आफ्नो उमेदवारी हुने बताउनु भयो ।भण्डारीले भन्नु भयो,”हार्ने जित्ने भन्दा पनि एकताबद्ध काङ्ग्रेस निर्माण आजको आवश्यकता हो, सम्पूर्ण कार्यकर्ताका आवाजको प्रतिनिधित्व गर्न मेरो उमेदवारी हो, पार्टीमा कृयाशिलता र क्षमताका आधारमा जिम्मेवारी दिनु पर्नेमा नातावाद र कृपावादका आधारमा गरिने बाडफाडको बिरुद्धमा आफ्नो उमेदवारी रहेको हो।”