नरेश थापा नेतृत्वमा नेपाल प्रेस युनियन कर्णाली सर्वसम्मत चयन

नेपाल प्रेस युनियन कर्णाली प्रदेश कार्यसमिति नरेशसिंह थापाको नेतृत्वमा सर्वसम्मत चयन भएको छ ।

बिहीबार भएको युनियनको प्रथम प्रदेश अधिवेशनले अध्यक्षमा थापालाई सर्वसम्मत चयन गरेको हो।

खुला उपाध्यक्षमा रमेश शाही, महिला उपाध्यक्षमा गीता शाही, समावेशी उपाध्यक्षमा नवीन शाक्य, महासचिवमा निरक शाही, खुलासचिवमा कृष्णबहादुर वली, महिला सचिवमा रामदेवी खड्का, समावेशी सचिवमा रमा केसी र कोषाध्यक्षमा अंकबहादुर बुढा सर्वसम्मत चयन हुनु भएको छ।

यस्तै, सदस्यहरूमा नवीन शाही, रमेश बोगटी, श्रवण देवकोटा, गोबिन्द रोकाया, गणेश बानिया, सुरिता बस्नेत, राधिका शाही, डम्बर बि।क, सिर्जना बुढाथोकि, डिलु रावत, प्रेम वलि, लिलराज रोकाया, रमेश बोगटी, छिमा केसी चयन हुनु भएको छ ।

यसैगरी लेखा समिति संयोजकमा दिवश पोखरेल र सदस्यहरुमा श्याम न्यौपाने र दीपक नेपाली सर्वसम्मत चयन हुनु भएको छ ।