रुकुम पश्चिमको चौरजहारीमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शाखा विस्तार भएको छ । बैंकको १०८ औ शाखाका रुपमा चौरजहारी नगरपालिका वडा नं २ मा आज देखि संचालनमा आएको शाखाको एक कार्यक्रमका बीच चौरजहारी नगरपालिका प्रमुख बिशाल शर्माले उद्घाटन गर्नु भएको हो । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड नेपाल राष्ट्र बैंक बाट (ख) वर्गको इजाजत प्राप्त वित्तीय संस्था हो ।
बैंकको चौरजहारी शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र आर्थिक कारोबारमा सहजता थप बढाउने बैंकले विश्वास लिएको शाखा प्रमुख विशाल महर्जनले बताउनु भयो ।
स्थानीय जनताहरुको आवश्यकतालाई हेरेर सरल रुपमा कर्जा प्रवाह, मुद्दती लगायतका वचतमा आकर्षक व्याजदर प्रदान गरिने साथै निकट भविष्यमै एटिम लगायतका सेवा विस्तार गरिने बैंकका कर्जा शाखा प्रमुख दिपक बुढाथोकीले बताउनु भयो ।
बैंकको चौरजहारी शाखा कार्यालय समुद्घाटन कार्यक्रममा राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

हेलो कर्णाली । २ फाल्गुन २०७८, सोमबार १५:०१