कांग्रेस रुकुम पश्चिमले निर्वाचन लक्षित कार्यक्रमका लागि नेता खटायाे

 

 

नेपाली कांग्रेस रुकुम पश्चिमले आसन्न स्थानीय निर्वाचन लक्षित कार्यक्रमका लागि सम्पुर्ण जिम्मेवारी सहित नेताहरु खटाएको छ ।

कांग्रेस रुकुम पश्चिम सभापति प्रेम प्रकाश ओलीका अनुसार २० र २१ गते भएको जिल्ला भेलाले नेताहरुलाई निर्वाचन लक्षित कार्यक्रमका साथै उम्मेदवार छनौटमा सहजिकरण गर्ने र सत्तारूढ गठबन्धनका सन्दर्भमा कार्यकर्तालाई प्रष्ट पार्ने उद्देश्यले स्थानीय तहमा पठाइएको हो ।

सभापतिका अनुसार मुसीकोट नगरपालिकामा जिल्ला कोषाध्यक्ष मोहविर खड्का, चौरजहारी नगरपालिकामा महाधिवेशन प्रतिनिधि खडकबहादुर डाँगी, आठबीसकोट नगरपालिकामा जिल्ला सचिव तारकबहादुर शाहीलाई खटाइएको छ ।

त्यस्तै बाँफिकोट गाउँपालिकामा जिल्ला उप सभापति हर्कसिङ खत्री, सानीभेरी गाउँपालिकामा महासमिति सदस्य तिलक भण्डारी र त्रिवेणी गाउँपालिकामा महाधिवेशन प्रतिनिधि गोर्खबहादुर खत्रीलाई खटाइएको छ ।

जिल्ला भेलामा सहभागि अधिकांश नेता तथा कार्यकर्ताले रुकुम पश्चिममा माओवादीसंग गठबन्धन नगर्न सुझाव दिएका थिए ।