कर्णालीमा एमाले जिल्ला अधिवेशनको अवस्था

सुर्खेत – कर्णालीका सात जिल्लाहरुमा नेकपा एमालेको शुक्रबारदेखि आठौं जिल्ला अधिवेशन चलिरहेको छ । जस अनुसार कुनै जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व छनौटको प्रक्रिया अघि बढेको छ भने कुनै जिल्लामा बन्दसत्र जारी छ ।

कर्णालीका सात जिल्लाहरुमा सकेसम्म सहमती जुटाउने र सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको एमाले नेताहरुले बताएका छन् ।

कर्णालीमा सुर्खेत, दैलेख, जुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लामा शुक्रबारदेखि अधिवेशन सुरु भएको थियो । कालिकोटमा भने शनिबार जिल्ला अधिवेशनको उद्घाटन गरिएको छ।