सरकारले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ ।
आज गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।विद्यालयलाई भने दुई गतेदेखि नै विदा दिइने सूचनामा उल्लेख गरिएको छ।
गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरदेखि ५ मंसिरसम्म विद्यालय बिदा दिने निर्णय भएको उल्लेख छ ।
केही दिनअघि निर्वाचन आयोगले तीन दिन बिदा दिन मन्त्रिपरिषदमा गरेको सिफारिस अनुसार सरकारले निर्णय गरेको हो।
गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भने मतदानको दिन मात्रै बिदा दिइएको थियो ।
हेलो कर्णाली । २९ कार्तिक २०७९, मंगलवार १६:२४