चौरजहारीमा काङ्ग्रेस एमालेको भव्य चुनावी सभा

चौरजहारीमा नेपाली काङ्ग्रेस र नेकपा एमालेको संयुक्त चुनावी सभा भव्य रुपमा सम्पन्न भएको छ । यदु स्मृति चौतारा शंखपिपल चौरजहारीमा चौरजहारी नगरपालिका वडा नम्वर १,२ र ३ को संयुक्त सभा हजार बढी स्थानीय सर्वसाधारण र नेता कार्यकर्ता हरुको उपस्थितिमा उत्साहजनक रुपमा सम्पन्न भएको चुनाव प्रचार प्रसार समिती सदस्य कौशिला केसीले जानकारी दिनु भयो ।

गत १९ गते देखि सुरु भएको काङ्ग्रेस एमालेको संयुक्त  चुनाव प्रसार प्रचार अभियान अन्तगत गठबन्धनले चुनावी सभाको अन्तिम कार्यक्रम आज चौरजहारीमा सम्पन्न गरेको हो ।

काङ्ग्रेस एमालेका पक्षमा व्यापक जनलहर देखिँदा विपक्षीहरु आत्तिए र भौतिक आक्रमणमा उत्रिएका छन तर जनताको मन मुटुमा हामी छौ विना कुनै दुबिधा हामी चुनाव जित्दैछौ र जनतालाई पनि त्यो बोध भै सकेको कुरा नेपाली काङ्ग्रेसका नेता एवं वडा नम्वरमा साझा उम्मेदवारका रुपमा रहनु भएका यदु कुमार आचार्यले बताउनु भयो ।

संयुक्त चुनावी सभाको कार्यक्रममा बोल्दै नगर उप प्रमुखका उम्मेदवार टंक प्रसाद वलीले ५ बर्ष आफू वडा अध्यक्ष रहदा नगरपालिका भित्रको व्यापक भ्रष्टाचार अनियमितता र त्यहाँ भित्रको नातावाद कृपावादको चरम अवस्थाको वारेमा जानकार हुदा पनि मुखदर्शक भएर बस्न बाध्य भएको बताउनु भयो । हुकुमी शासनको अन्त्य र जनताको शासन स्थापित गर्न पनि गठबन्धनलाई जिताउनु पर्ने बताउनु भएका वलीले चौरजहारीमा माओवादी केन्द्रको नेतृत्वमा भएका सबै काम फेलिएर मात्र भएको बताउनु भयो । वलीले भन्नू भो “२-४ जना नेता र तिनका आसेपासेको जीवनस्तर परिवर्तन हुदैमा विकास भन्न मिल्दैन, ५ बर्ष सरकारमा हुदा सिन्को नभाच्ने अहिले चुनावको मुखमा दलितलाई कुटपिट गरेर दलित जनजातिको नाममा भोट माग्नु लज्जाको बिसय हुनु पर्ने हो ।”

कार्यक्रममा बोल्दै  नगर प्रमुखका उम्मेदवार प्रेम बहादुर वलीले गठबन्धनका नेता कार्यकर्ता माथी माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणको भत्सर्ना गर्दै वाईसीएलको आक्रमणमा परि घाईते हुनु भएका सबैको स्वास्थ्य लाभको कामना गर्नु भयो । वलीले भन्नू भयो पराजित मानसिकता वोकेकाहरुको डर धाक धम्की सङ नडराई निर्धक्क गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन अपील गर्नु भयो । वलीले आफु जनतालाई भ्रम बाड्ने र झुटा आश्वासन दिएर भोट फकाउने अभियानमा नभएको बताउदै विकास सुशासन र समृद्ध चौरजहारी निर्माणका लागि योजना सहित आएको हुदा जनताहरुको मत मार्फत निर्वाचित भए शासकका रुपमा नभई सेवकका रुपमा कार्य गर्ने प्रतिबद्दता व्यक्त गर्नु भयो ।

नेकपा एमालेका तर्फबाट प्रतिनिधित्व गर्नु हुने संघीय सांसद तिर्था गौतमको प्रमुख आतिथ्य्ता र नेपाली काङ्ग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश वलीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस रुकुमका नेता तिलक भण्डारी, प्रदेश कार्यसमिति सदस्य बलवीर गोसाई,नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि मनिषा भण्डारी, तुफैल अहमद खान एमाले कर्णाली प्रदेश कमिटी सदस्य कर्ण बहादुर घर्ती लगायतले धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्ना कार्यकर्ता माथी वाईसिलको आक्रमण निन्दनीय भएको र अब उप्रान्त फेरि पनि आक्रमण भए कडा प्रतिरोध गरिने बताएका थिए । निर्धक्क भएर गठबन्धनका पक्षमा मत माग्न र मतदान गर्न अनुरोध गरेका वक्ताहरुले भ्रष्टाचारी घुसखोरीको अन्त्य गर्ने यस निर्वाचन पछि विजय र्‍यालीमा यसै गरि भेट्ने वाचा गरेका थिए ।