आज १७६० संक्रमित थपिए, १२२० निको भए

पछिल्लो २४ घण्टामा नेपालमा १७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार १६८४४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पिसिआर विधिबाट १२५२४ जना र एन्टिजेनबाट ४३२० जनाको परीक्षण भएको छ।

त्यस्तै १२२० संक्रमित निको भएका छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १०८९६ जनाको मृत्यु भएको छ।

यस्तै काठमाडौं उपत्यकामा थप ४९५ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंका ३६० , ललितपुरका ७२ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।