नेपाली काङ्ग्रेस चौरजहारीको सभापतिमा ओली सर्वसम्मत

नेपाली काङ्ग्रेस चौरजहारीको प्रथम नगर अधिवेशन बाट सभापतिमा प्रेम बहादुर ओली सर्वसम्मत चयन हुनु भएको छ। चौरजहारी नगरपालिका वडा न ११ चौफा बजार खोलागाउँमा सम्पन्न अधिबेशनले ओली नेत्तृत्वमा सम्पूर्ण नगरकमिटी नै सर्वसम्मत रुपमा चयन गरेको हो। नेतृत्वमा धेरैजना आकाक्षी देखिए पछि निर्वाचन कार्यतालिका प्रकाशित गरिएको थियो तर अन्तिम समयमा सभापति अर्का उमेदवार भद्र बहादुर बिष्टले आफ्नो उम्मेद्बारी फिर्ता लिए पछि प्रेम बहादुर ओलीको नाममा सहमती जुटेको थियो । यसै गरी चौरजहारी नगरपालिका अन्तरगत रहेका १४ वडा बाट छानिएका २३८ क्षेत्रीय प्रतिनिधीले नेपाली काङ्ग्रेसको बिधान बमोजिम नगर उपसभापति,सचिव, सहसचिव र सदस्यहरु निर्बिरोध निर्वाचित गरेका हुन। केही प्राबिधिक काम बाकी रहेको हुनाले निर्वाचित कमिटीको आधिकारिक घोषणा चाहिँ भोलि ११ बजे मात्रै हुने कुरा नेपाली काङ्ग्रेसका नेता खडक डाङ्गीले बताउनु भयो।
नेपाली काङ्ग्रेस रुकुम पश्चिमका जिल्ला सभापति प्रेम प्रकाश ओलीले सर्वसम्मत नेत्तृत्व चयनले आफुलाई खुसी लागेको बताउनु भयो । जिल्ला सभापति ओलीले भन्नू भयो “सर्वसम्मत हुनु खुसीको कुरा हो,नगर सभापतिमा तीन जना आकाक्षी देखिनु भएको थियो तर सबैको सहमतिको प्रयासले सार्थकता पाउदा नगर कमिटीनै सर्वसम्मत रुपमा चयन गर्न सकिएको हो, अबका दिनमा काङ्ग्रेस झन एक ढिक्का र बलियो भएर अगाडि बढ्ने छ।” नगर सभापतिमा निर्वाचित भै सके पछि हेलो कर्णाली सङ्ग सङ्क्षिप्त कुराकानी गर्नु हुँदै सभापति ओलीले राजनीतिक यात्रामा सबैको सहकार्य र एकताले मात्रै लक्ष्य प्राप्ती सम्भव हुने हुदा एकताबद्ध काङ्ग्रेस आजको आवश्यकता रहेको र बलियो अनि गतिशील काङ्ग्रेस निर्माणको लागि आफू पक्षपात रहित भएर लाग्ने बताउनु भयो । “जनता सबै भन्दा ठूलो तागत हुन जनचासो र जनसवालका विषयमा मेरो नेतृत्वको नगर कमिटी सधै जनउत्तरदायी रहने नै छ, चौरजहारी नगरपालिकामा नेपाली काङ्ग्रेसलाई पहिलो पार्टी बनाउने प्रयत्नका प्रती प्रतिबद्ध रहने छु ।” नगर सभापति ओलीले भन्नु भयो ।
यस अघि नेपाली काङ्ग्रेस चौरजहारीको प्रथम नगर अधिवेशनको उद्घाटन सत्र लक्ष्मण ओली को सन्चालन र निवर्तमान नगर सभापति परमेश्वर भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो। नेपाली काङ्ग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओली प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तिलक भण्डारी, खडक डाङ्गी, शिव आचार्य,मनिषा भन्डारी लगायतको उपस्थिति रहेको थियो ।