नेपाली टीमका प्रशिक्षक अल्मुताइरीलाई फाइनल खेलमा प्रतिबन्ध

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भारतविरुद्धको साफ च्याम्पियनसिपको फाइनल खेलमा सहभागी हुन नपाउने भएका छन् । प्रतियोगिताको दौरान दुईवटा पहेँलो कार्ड पाएकाले उनीमाथि साफले फाइनल खेलमा प्रतिबन्ध लगाएको हो ।

अल्मुताइरीले आफूहरूमाथि अन्याय भएको बताएका छन् । उनले नियमनको पालना गर्नुपर्ने पनि बताएका छन् ।