प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक भोलि (शुक्रबार) बस्ने भएको छ।
दुई दिनसम्म चल्ने बैठक असोज ८ विहान ११ बजेदेखि तुल्सीलाल प्रतिष्ठान च्यासलमा सुरु हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्तावमाथि छलफल तथा पारित गर्ने कार्यक्रम रहेको छ।
हेलो कर्णाली । ७ आश्विन २०७८, बिहीबार १५:४६