मापदण्ड विपरित ललितपुर महानगरको फल्चा शिलान्यास

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशनमा समय फल्चा पाटी निर्माण गर्ने भन्दै पुल्चोकको सडकपेटी भत्काइएको छ । सार्वजनिक जग्गामा पाटी बनाउने विषयमा परेको मुद्धा बिचारधिन रहेको अवस्थामा गुण्डागर्दी शैलीमा पुल्चोकमा रहेको श्री लालीगुरास सहकारी संस्थाको भवनमा असर पर्ने गरी भत्काइएको छ । सहकारीको मुख्य कार्यालय प्रवेशद्धारमै डोजर चलाएपछि कर्मचारीले बिरोध गर्दा कर्मचारी माथिनै हातपात गरेका थिए । जिल्ला अदालतको आदेश भन्दै सडक पेटीमा डोजर चलाएपछि केहीबेर बिरोध भएको थियो ।

उनले करिब २५ हजार सदस्य रहेको संस्थाप्रति रिस पोख्दै जबरजस्ती पाटी शिलान्यास गरेका हुन । मेयर महर्जनले अबको स्थानीय निर्वाचनमा आफुले काम देखाउन र राजनीति नारा अघि बढाउन समय फल्चा पाटी बनाउन खोजेका हुन । श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भएकै ठाउमा पाटी थियो वा थिएन भन्ने विषय मेयर महर्जनलाई जानकारी नै छैन ।

मेयर महर्जनले सर्वोच्चको आदेशलाई अपब्याख्या गर्दै संस्थाकोसम्पतिमा नोक्सान हुनेगरी डोजर चलाएका छन् – श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले भन्नुभयो । उहाँले उच्च अदालतमा विचाराधिन मुद्धा किनारा नलाग्दै पाटी शिलान्यास गर्नु गलत भएको आरोप लगाउनुभयो । भन्नुभयो–मेयरको यो कार्यले कानुनको धज्जी उडाएको छ । यस विरुद्धमा कानुनी उपचारमा जानेछौ ।

साउन १७ गते सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको आदेश विपरीत मेयर महर्जनले अटेर गरेर मूल सडकको आवागमनमा प्रभाव पार्ने गरी समय फल्चा र्निर्माणको काम अघि बढाएका हुन । सो आदेशमा मुल सडक र पैदलमार्ग यथावत कायम रहने गरी अर्थात सडक मापदण्ड विपरित नहुनेगरी निर्माण गर्न मिल्ने उल्लेख थियो । तर सो पाटी मुल सडकको ११ मिटरभित्र पर्छ । जहा अहिले बटुवा हिड्ने गरेका छन् । अदालतले त मुल सडक पेटीलाई असर नपर्नेगरी पाटी निर्माण गर्न आदेश दिएको थियो । सो आदेशलाई वङग्याएर मेयर महर्जनले पाटी शिलान्यास गरेका हुन ।

यसअघि जिल्ला प्रशासन कार्यालय ,सडक विभाग र नापी कार्यालयले सडक मापदण्डभित्र पर्ने सो स्थानमा पाटी बनाउन नहुने पत्र महानगरपालिकालाई पठाएको थियो । महानगले पाटी निर्माण गर्न ३० लाख रुपिया विनीयोजन गरिसकेको छ । गत आबको बजेट कार्यान्वयन नहुने देखेपछि मेयर महर्जनले स्थानीयलाई देखाएर नियम विपरित पाटी बनाउन खोजिरहेका छन् । सर्वोच्चले दिएको आदेश, जिल्ला प्रशसन कार्यालयको पत्र र भुमीव्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको पत्र लुकाएर पहिला जहाँ पाटी थियो त्यही स्थानमा पाटी निर्माण गर्नुपर्छ भन्दै हिड्ने मेयर महर्जनलाई पाटी निर्माण गर्न शुरु गरे मानहानीमा मुद्धा दर्ता गर्ने तयारी भएको छ ।

सडक डिभिजन ललितपुरले ‘पार्टी समय फाल्चा सडकको केन्द्र विन्दुबाट ११÷११ मिटरभित्रको सरकारी जग्गाभित्र पर्ने भएकाले सो स्थानमा पाटी बनाउन नमिल्ने उल्लेख छ । सडक डिभिजनले निर्णय अवज्ञा गरे सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही गरिनसमेत चेतावनी दिएको छ । तर मेयर महर्जनले दलबल सहित बिहीबार पाटी शिलान्यास गरेका छन् ।