बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज – बाँकेमा थप चार जना कोरोना संक्रमितको भेरी अंञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा दंगीशरण गाउँपालिका १ दाङकी ३७ बर्षीया महिला, बारबर्दिया ११ बर्दियाकी ४२ बर्षीया महिला, राजापुर नगरपालिका ४ की ५२ बर्षीया महिला र राजापुर नगरपालिका ८ का ३५ बर्षीय पुरुषको मृत्यु भएको हो । मृतकहरु सबैको केही घण्टाको फरकमा मृत्यु भएको  ।

यो संगै बाँके जिल्लाका कोरोनाबाट मृत्युु हुनेको संख्या ३३५ र बाहिरी जिल्लाका मृतकको संख्या ४२३ पुगेको छ ।