मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा मंगलबार विश्वासको मत लिने भएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मंगलबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन चाहेको जानकारी गराएका हुन्।

प्रतिनिधिसभाका १६९ सांसदको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।