आजदेखि बजारमा २ रुपैयाँको नयाँ सिक्का प्रचलनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार २ रुपैयाँको सिक्का शुक्रबारदेखि प्रचलनमा ल्याउन लागेको हो।
यसभन्दा पहिला प्रकाशनमा ल्याएको सिक्कै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रूपैयाँ दरका सिक्का बजारमा पठाइन लागिएको टक्सर विभागले जारी गरेको सूचनामा उल्लेख छ। राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो । राष्ट्र बैंकका अनुसार बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला रहेको जनाएको छ । नयाँ सिक्काको माथिल्लो भाथमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ।
सिक्काको बीच भागमा सात प्रदेशस खुल्ने गरिको नेपालको नक्सा र नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमताका व्यक्तिहरुका लागि स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको रहेको सूचनामा जनाइएको छ।
यस्तै सिक्काको पछाडिपट्टि वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेको छ। आठ थोप्लासहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म र गधाको आकृति छ।

हेलो कर्णाली । ३० पुष २०७८, शुक्रबार १०:०२