
घोराही कारागारका फरार नाइके यमराज परियारलाई भारतमा पक्राउ गरि आजै घोराही ल्याइएको छ।
परियार पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालयले सोमबार बेलुका पत्रकार सम्मेलन आयोजना गरेको थियो।
सिआइबीको टोली पनि परियारको खोजीमा लागेको थियो। उनी बस्ने ठाउँको एकीन गरेपछि दुई दिन अगाडि डिएसपी मुकुन्दप्रसाद रिजाल भारत पुगेका थिए।
कर्तव्य ज्यान मुद्दामा साढे ७ बर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो।

हेलो कर्णाली । १० माघ २०७८, सोमबार २१:१५