कर्णाली प्रदेश महाअधिवेशन उद्घाटनमा पौडेल समूह अनुपस्थित

नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशनको उद्घाटन कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष अनुपस्थित भएको छ।

 अधिवेशनको उद्घाटन सत्रमा आफूहरूलाई औपचारिक निमन्त्रणा नआएको भन्दै संस्थापनइतर (पौडेल) समूह अनुपस्थित भएको हो ।

संस्थापन (शेरबहादुर देउवा) समूहका जीवनबहादुर शाहीको नेतृत्वमा अधिवेशन संयोजन समिति गठन गरेको थियो ।

उद्घाटन सत्रमा कार्यक्रमको अतिथि ग्रहणका लागि आग्रह गरिएपनी  केन्द्रीय सदस्य हृदयराम थानीलगायतका नेता अनुपस्थित रहेका छन्