मिनी ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु, एक जना बेपत्ता

हिजो आइतवार राती साढे १ बजे मिनी ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ मनकाबगरमा गोतामकोट देखी डोल्पाको खदाङ तर्फ खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको मिनी ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको हो।

भेरीमा खसेको ट्रकमा सवार ४ जना मध्ये आठबिसकोट नगरपालिका–६ का ट्रक सह–चालक २२ वर्षीया धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको र बेपत्ता एक जनाको खोजीकार्य भैरहेको स्थानीय प्रहरीले जनाएको छ ।

यस्तै, घाइते अन्य व्यक्तिलाई प्रहरीले उद्दार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने बेपत्ता हुनेमा आठबिसकोट नगरपालिका–६ का २३ वर्षीय अनिल बिक रहेका छन् ।