राजनीतिक समन्वय समितिको बैठक स्थगित

आजका लागि बोलाइएको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक स्थगित गरिएको छ।

आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको थियो। तर तयारी नपुगेपछि बैठक स्थगित गरिएको छ।

यसअघि दुई दिनअगाडि पनि राजनीतिक समन्वय समितिको बैठक बसेको थियो। उक्त बैठकमा समयमै स्थानीय तह निर्वाचन गर्नेबारे सहमति भएको थियो।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा गर्न सिफारिस गरेको भए पनि सरकारले मिति तय गरेको छैन।