रूकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन् ।
जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका-१२ राङ्सीबाट रूकुमकोटतर्फ जाँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर शुक्रबारसाँझ दुर्घटना भएको थियो। ट्याक्टर सडकबाट साढे तीन सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुलेको छैन।
उक्त स्थानमा फोन सम्पर्क हुन नसकेको हुँदा मृतकको पहिचान अझैं खुल्न सकेको छैन। घाइतेको उपचारको लागि रूकुमकोट अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
दुर्घटनाका घाइतेहरू पुथाउत्तरगंगा गाउँपालिकाका ३२ वर्षीय विरप्रताप बुढा र अर्का एक जना घाइतेलाई थप उपचारका लागि सुर्खेतहुँदै नेपालगञ्जतर्फ लागिएको छ।
चालक फरार रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
हेलो कर्णाली । ५ चैत्र २०७८, शनिबार २२:२३